गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

 माघ २५, २०८१ शुक्रबार १२:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीको रिडी–बल्कोट सडक खण्ड आजदेखि बन्द गरिएको छ । सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखरा भीर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कामका लागि आउँदो फागुन २० गतेसम्म सडक बन्द गरिएको हो ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले रिडी–बल्कोट सडक बन्द भएपछि यात्रुलाई वैकल्पिक मार्ग सातमुरेदेखि–शृङ्गा बलेटक्सार हुँदै रिडी, सातमुरदेखि–सीजीको बाटो हुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोला हुँदै रिडीको सडक प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया