सडक खन्ने क्रममा पुरिएर एक जनाको ज्यान गयो

 बैशाख ४, २०७८ शनिबार १८:२२:१० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – सडक खन्ने क्रममा आएको ढिस्कोले पुरिएर रुकुम पश्चिममा एक जनाको ज्यान गएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को खसेपछि स्थानीय ४८ वर्षीय रणे ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताउनु भयो ।

घटनास्थलमा जम्मा ९ जनाले सडक खनिरहेको थिए । त्यसमध्ये ८ जना भागेर ज्यान बचाउन सफल भएका थिए । तर रणे ओेली भने सडक खन्ने कुटो निकाल्न लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीले प्रहरी निरीक्षक शाहीले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया