अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ का...
बैशाख १४, २०८१ शुक्रबार
नवलपरासी - पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नवलपुर दाउन्नेमा भएको बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
दुर्घटनामा घाइते भएका ईलाम बस्ने २५ वर्षीय धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका-५, घर भएर विनयी त्रिवेणी गाउँपालिका-२, गुम्बामा बस्ने ५७ वर्षीय ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका-२५, बस्ने ७२ वर्षीय हिमलाल न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २८ जनाको भरतपुर र नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो । ना ५ ख ७००० नम्बरको बस हिजो बेलुका नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२, दाउन्नेमा दुर्घटना भएको थियो ।