खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई १३ रनले हराएको छ ।
हैदराबादलाई हराउँदै मुम्बईले दोस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि जोनी बेयास्र्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रन, विजय शंकर २८ र विराट सिंहले ११ रन जोडे ।
हैदराबादका अरु ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए । चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
मुम्बईका क्विन्टन डी ककले ४० तथा केइरन पोलार्डले अविजित ३५ रन बनाए । हैदराबादका विजय शंकर र मुजिब उर रहमानले २/२ विकेट लिए । जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ३ खेलमा ४ अङ्क जोडेको छ ।
हैदराबादको यो लगातार तेस्रो हार हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।