इलाम र बझाङमा आज उपचुनाव : मतदानमा सहभागी हुन आयोगको अपिल
बैशाख १५, २०८१ शनिबार
काठमाण्डाै - बार्सिलोनाले स्पेनिस 'कोपा डेल रे'को फुटबलको उपाधि जितेको छ ।
गएराति भएको फाइनल खेलमा एट्लेटिकाे बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।
बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले खेलको ६८ औँ र ७२ औँ मिनेटमा गोल गरे । यसअघि एन्टोनियो ग्रीजम्यानले ६० र फ्रेन्की डी जोङले ६३ औँ मिनेटमा एक/एक गोल गरेका थिए । बार्सिलोनाले ३१ औं पटक 'कोपा डेल रे'को उपाधि जितेको हो ।