ग्लोबल आइएमई बैंकले फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदक...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – भाउजूको हत्या गरेको आरोपमा काठमाण्डौबाट एक जना पक्राउ परेका छन् । काठमाण्डौ महानगरपालिका १० अनामनगरमा भाउजु रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा देवर मोहन राजभण्डारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
देवर मोहनले बुलबुले मार्गको गल्लीमा भाउजु रोशनीलाई फलामको रडले टाउकोमा हानेर गम्भीर घाइते बनाएको र उनको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
भाउजूको हत्या गरेको स्वीकार गर्दै मोहन राजभण्डारी आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएको प्रहरीले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।