सिन्धुलीको गोलञ्जोरमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो :पाँ...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ – चितवन जिल्ला अदालतले रवि लामिछाने साहारा सहकारी ठगीमा संलग्न नरहेको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको उल्लेख गरेको छ ।
लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्ने आदेशमा अदालतले भनेको छ : ‘..प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम ५४ लाख रुपैयाँ धरौटी वा जमानत वा बैंक जमानत लिनु ।’
अदालतले माग गरेको धरौटी बुझाउने बित्तिकै उहाँ हिजो बेलुकी रिहा हुनुभएको छ । यसअघि लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख , काठमाण्डौ जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।