साइकल चलाएरै अस्पताल पुगेकी मन्त्रीले छोरा जन्माइन्

 भदौ ६, २०७५ बुधबार १५:१५:५१ | एजेन्सी
unn.prixa.net

साइकल चलाएरै अस्पताल पुगेर भर्ना भएकी न्यूजिल्याण्डकी महिला मन्त्री जूली जेन्टरले बच्चा जन्माएकी छिन् । 

आइतबार आफै साइकल चलाएर अस्पताल पुगेकी मन्त्री जेन्टरले अकल्याण्ड अस्पतालमा मंगलबार साँझ छोरा जन्माएकी हुन् । योसँगै यो वर्ष न्यूजिल्याण्डको मन्त्रिमण्डलमा प्रधानमन्त्री जसिन्डा आर्डेनपछि सुत्केरी हुने जुली दोस्रो मन्त्री बनेकी छिन् । 

३८ वर्षीया मन्त्री जेन्टरले गएको फेब्रुअरीमा आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । 

सुत्केरी भएकै अवस्थामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री आर्डेन र मन्त्री जेन्टरको प्रशंसा भैरहेको छ । प्रधानमन्त्री आर्डेन सन् १९९० यता पदमै रहँदा सुत्केरी हुने पहिलो नेता हुन् । सन् १९९० मा प्रधानमन्त्री पदमै रहँदा बेनजिर भुट्टोले बच्चा जन्माएकी थिइन् । 

न्यूजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले मन्त्री जेन्टरलाई ट्वीटमार्फत बधाई दिएकी छिन् । 

याे पनि पढ्नुहाेस्

बच्चा जन्माउनका लागि मन्त्री साइकल चलाउँदै अस्पताल पुगिन्

 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया