नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने पाँच वर्षमुनिका बालबालिकाकाे सङ्ख्या १०

 बैशाख ५, २०७८ आइतबार १६:५९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षमुनिका बालबालिका पनि जोखिममा रहेकाले उनीहरूको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

केही स्वास्थ्यकर्मीलेसमेत पाँच वर्षमुनिका बालबालिका जोखिममा नरहेको बताउने गरेको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसबाट सबै उमेर समूहका मानिस जोखिममा रहेका बताउनुभयो ।

नेपालमा अहिलेसम्म तीन हजार पाँच सय ६५ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने अहिले पाँच वर्षमुनिका ५१ जना बालबालिका सक्रिय सङ्क्रमित छन् ।

यस्तै नेपालमा अहिलेसम्म पाँच वर्षमुनिका १० बालबालिकाकाे कोरोना सङ्क्रमणबाट ज्यान गएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।    

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया