खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलाेरले लगातार तेस्रो जित निकालेको छ । आइतवार भएकाे पहिलाे खेलमा कोलकाता नाइट राइडर्सलाई ३८ रनले हराउँदै बेङ्गलाेरले अपराजित यात्रा कायमै राखेको छ ।
चेन्नईमा बेङ्गलाेरले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको काेलकाताले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६६ रन मात्रै बनाउन सक्यो । कोलकाताका लागि आन्द्रे रसेलले २० बलमा ३१ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलाेरले २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रन बनायो । बेङ्गलाेरका लागि एबी डी भिलियर्सले ३४ बलमा अवजित ७६ रन बनाए । यस्तै ग्लेन म्याक्सवेलले ७८ रन बनाए । विराट कोहली पाँच रनमा आउट भए ।
याे जितसँगै बेङ्गलाेर ६ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । कोलकाता दुई अङ्कसहित छैटौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।