‘लेखक तथा साहित्यकारलाई अब परिचयपत्र’

 बैशाख ६, २०७८ सोमबार ११:३६:५८ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रज्ञा-प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार गरेको छ ।

‘लेखक/साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि-२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको छ । 

संशोधनसहित कार्यविधि तयार पार्न प्राज्ञ परिषद् सदस्य प्राडा. योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको हो ।

कुलपति  उप्रेतीले देशका वाङ्‍मय साधकलाई परिचयपत्र दिने पहिलेदेखिकै योजनालाई कार्यान्वयन गर्न यही महीनाभित्र राष्ट्रपतिबाट परिचयपत्र वितरण सुरुआत गरिने जानकारी दिनुभयो । 

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले ‘लेखक/साहित्यकार परिचयपत्र’ नामकरण गरिएको परिचयपत्रमा लेखक/साहित्यकारको नाम/उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने जानकारी दिनु भयाे ।

परिचयपत्र पाउन सम्बन्धित लेखक/साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्नेछ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया