बारपारका फोटाेहरूको अनलाइन प्रदर्शनी हुने

 वैशाख ६, २०७८ सोमबार २०:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पर्यटन बोर्डले नियमितरूपमा आयोजना गर्ने गरेको फोटो नेपाल प्रदर्शनीमा यस पटक गोरखाको बारपारका फोटाहरूको अनलाइन प्रदर्शनी हुने भएको छ । २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रबिन्दु भएका कारणले राष्ट्रिय–अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको बारपाक पर्यटकीय गाउँ हो । बारपाकको प्रचार–प्रसारसँगै भूकम्प स्मृतिको सन्दर्भ पारेर अनलाइन फोटो प्रदर्शनी गर्न लागिएको हो ।

आफ्नो तस्बिर प्रदर्शन गर्न चाहनेले फोटो पठाएर सहभागी हुन सकिने र सहभागी हुन चाहनेका लागि फोटो खिच्ने तरिकाबारेको प्रशिक्षणसमेत आयोजना गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताउनुभएको छ । प्रदर्शनी वैशाख १० देखि सुरु हुँदैछ । 

प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई आठ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँको समेत व्यवस्था गरिएको छ ।

फोटो पठाउन याे लिङ्कमा जानुहाेस्– तलको रहेको छ https://docs.google.com/forms/d/1PlmhVbuVOd2B92CZocje6S037roz7XvaghwhQERIM2Y/edit

प्रकृति, संस्कृतिलगायत आकर्षण समावेश गरिएको फोटोहरूको प्रदर्शनी नेपाल पर्यटन बोर्डले नियमितरूपमा आयोजना गरिरहेको ह्यासट्याग फोटो नेपाल प्रदर्शनी अन्तर्गत बारपाक सुलिकोटको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्व उजागर गर्ने उद्देश्यका साथ विभिन्न अनलाइन कार्यक्रमको आयोजना गरिएको छ । यस प्रदर्शनीमा बारपाकलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल, बारपाकलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायत बारपाकका रमणीय दृश्यावलोकन गर्न सकिने स्थल, पर्यटकलाई आकर्षित गर्ने वस्तुका तस्बिर राखिने छन् । 

फोटो प्रदर्शनी वैशाख २२ सम्म हुने र साथै बारपाक सुलिकोट गाउँपालिकाको भर्चुअल टुर कार्यक्रम समेत आयोजना गरिने छ । भर्चुअल टुर कार्यक्रममा सहभागी हुन याे लिङ्कमा जानुहाेस्–https://docs.google.com/forms/d/15ry1hGzMx4ujRJBZJD33c2O7Qh_Yzx_VLcEaukL-094/edit 

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Khem Raj ghale

    April 20, 2021, 11:26 a.m.

    Barpak is a very beautiful village and biggest village of Gorkha. There are lots of natural resources to attract tourist.

  •  0 Reply

तपाईको प्रतिक्रिया