खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - त्रिदेशीय ट्वान्टी ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।
खेल दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । लगातार दोस्रो खेलमा शानदार जित निकालेको नेपाल आज पनि नेदरल्याण्ड्सलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ ।
पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपालले हिजो मलेसियालाई पनि ९ विकेटले नै हराएको थियो।
नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ । प्रतियोगितामा मलेसियाले खेलेका दुवै खेल हारेको छ भने नेदरल्याण्ड्सले दुई खेलमा जित र एक हार ब्यहाेरेकाे छ।
प्रतियोगितामा नेपाल चार अङ्कसहित शीर्ष स्थानमा छ । यसैबीच, आज मैदानमा दर्शकबिना नै खेल हुनेछ ।
सरकारले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय ट्वान्टी-ट्वान्टी क्रिकेटका खेल दर्शकबिना नै खेलाइने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।