प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना

 बैशाख ७, २०७८ मंगलबार ९:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति हस्तान्तरण गर्नुभएको छ ।

राम-सीताका मूर्ति हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना गरिएको थियो । प्रधानमन्त्री ओलीले मूर्तिहरु स्वस्तीवाचनसहित हस्तान्तरण गर्नुभएको हो ।

राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गर्ने तयारी भएको छ । पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा भोलि अनावरण गर्न लागिएको हो । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको धार्मिक र्यालीसहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ ।

रथमा मूर्ति राखेर ५ सयभन्दा धेरै गाडीसहितको कलशयात्रा तथा शोभायात्रा चितवन पुग्नेछ । प्रधानमन्त्री ओलीले गएको वर्ष त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

त्यसलगत्तै उहाँले माडीका पालिकाका जनप्रतिनिधिहरुलाई काठमाण्डौ बोलाएर अयोध्यापुरीमा राममन्दिर बनाउन निर्देशन दिनुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया