इङ्ग्लिस प्रिमियर लिग : चेल्सी चौथो स्थानमा पुग्न सफल

 बैशाख ८, २०७८ बुधबार ६:५८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी चौथो स्थानमा पुग्न सफल भएको छ ।

गएराति भएको खेलमा ब्राइटनसँग गोलरहित बराबरी खेलेसँगै ड्रमार्फत चेल्सी शीर्ष ४ मा पर्न सफल भएको हो । खेलको अतिरित्त समयमा पनि दुवै समूहबाट गोल हुन नसकेपछि ड्रमार्फत खेलको छिनोफानो गरिएको हो । लिगमा म्यानचेस्टर सिटी ७४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै म्यानचेस्टर युनाइटेड ६६ अंकसहित दोस्रो स्थानमा र लिचेस्टर सिटी ५६ अंकसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा पुगेको चेल्सीको ५५ अंक रहेको छ ।

यस्तै इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सी र ब्राइटन खेल्दैछन् । खेल राति पौने एक बजे सुरु हुनेछ । ब्राइटनसँग विजयी भएमा पाँचौ स्थानमा रहेको चेल्सी तेस्रो स्थानमा पुग्नेछ । ब्राइटन विजयी भए १६ औँ स्थानबाट सुधार गर्दै १५ औ स्थानमा पुग्नेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया