नेपाली कांग्रेसले ठूल्ठूला आन्दोलनको नेतृत्व गरेको छ: देउवा

 भदौ ६, २०७५ बुधबार १७:४८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले देशको ठूल्ठूला आन्दोलनको नेतृत्व गरेको दावी गर्नु भएको छ ।

सभापति देउवाले पार्टीका स्वर्गीय नेता भरतशमशेर राणाको प्रेरणाबाटै नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको समेत अगुवाई गर्न सफल भएको दावी पनि गर्नुभयो ।

बुधबार पार्टीका स्वर्गीय नेता भरतशमशेर राणाको १३ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले भरत शमशेर राणा कुलीन परिवारमा जन्मेर पनि क्रान्तिकारी व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले पञ्चायती व्यवस्था ढाल्न पनि ठूलो योगदान गर्नु भएको स्मरण गराउनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय भरत शमशेर राणाले गरिव र दलित जनताको मुक्ति आन्दोलनको नेतृत्व लिएको उल्लेख गर्नु भयो ।

उहाँले नेपाली काँग्रेसलाई लोकतन्त्रको रक्षाकवजको रुपमा अघि बढाउन पनि भरत शमशेरको नेतृत्वदायी भूमिका रहेको पनि स्पष्ट पार्नु भयो ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भरत शमशेर राणाले नेपालको लोकतान्त्रिक आन्दोलनलाई यो ठाउँमा पु¥याउन अतुलनीय योगदान दिएको बताउनुभयो । उहाँले भरत शमशेर राणाकै कारण आफू राजनीतिमा होमिएको पनि खुलासा गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले भरत शमशेरलाई एक संघर्षशील नेताको रुपमा चित्रण गर्नुभयो । उहाँले आफ्नो समयको सबैभन्दा लोकप्रिय नेता भरत शमशेरले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनु भएको पनि स्मरण गराउनु भयो ।

अध्यक्ष राणाले दरबारको सुखसयल त्याग गरेर भरत शमशेर राणाले नेपालमा लोकतन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया