विकास निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रधानमन्त्री ओलीको ...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – कक्षा ८, ९ र १० का विद्यार्थीका लागि छोटो भिडियो बनाएर पुरस्कार जित्ने अवसर आएको छ ।
युरोपियन युनियनले यूरोप दिवसको अवसर पारेर राष्ट्रव्यापी खुला भिडियो प्रतियोगिता आयोजना गरेको हो । विद्यार्थीहरुले हरित वृद्धि र हरित पुनर्भरणबारे २/३ मिनेटको छोटो भिडियो बनाउनुपर्नेछ। विद्यार्थीहरुले आफूलाई उत्तम लाग्ने कुनै पनि तरिका वा शैलीमा भिडियो बनाउन सक्ने युनियनले जनाएको छ।
यस्तै विद्यार्थीहरुले आफूसँग भएको जुनसुकै उपकरण प्रयोग गरेर भिडियो बनाउन सक्नेछन् । भिडियाे पठाउनकाे लागि यही महिना अर्थात अप्रिल २५ तारिखभित्र आफ्नाे नाम दर्ता गरिसक्नुपर्ने र मे दुई तारिखभित्र भिडयाे पठाइसक्नुपर्ने छ ।
उत्कृष्ट भिडियो बनाउने दुई विद्यार्थीलाई भिडियो र फोटो खिच्न मिल्ने क्यामरा प्रदान गरिने पनि युरोपियन युनियनले जनाएको छ । युरोपियन युनियनको डेलिगेशनले हरेक वर्ष वैशाख महिनामा विभिन्न गतिविधि र कार्यक्रमहरु आयोजना गरेर युरोप दिवस मनाउने गर्छ ।
हरित वृद्धि र हरित पुनर्भरण भनेको प्रदूषणकारी प्रकारको उर्जाको प्रयोग त्यागेर दिगो प्रकारका उर्जा जस्तै वायु ऊर्जा, सौर्य ऊर्जालाई प्रयोग गर्नु हो, जसले कार्बन उत्सर्जन कम गर्दछ। युरोपियन युनियनले युरोपका साथै नेपाललगायत विश्वमा “हरितवृद्धि र हरित पुनर्भरण”लाई प्राथमिकता दिएको छ।
भिडियो प्रतियोगिताबारे थप जानकारी यहाँ हेर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Salin Chhunju
April 24, 2021, 4:05 p.m.I would like to present my presence to use up the opportunity to present my perspective about the go green environment .