विकास निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रधानमन्त्री ओलीको ...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डौको सूर्या ल्याबमा कोरोना परीक्षण गराएको रिपोर्ट देखाएर विदेश जान लागेका एक सय २२ जनालाई विभिन्न एअरलाइन्सले फिर्ता पठाइदिएका छन् ।
सूर्या ल्याबको रिपोर्ट बोकेर विदेश जान लागेका एक सय २२ यात्रुलाई एअरलाइन्स कम्पनीले नै फिर्ता पठाइदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सूर्या ल्याबले नौ हजार रुपैयाँ लिएर स्वाब नै नलिइकन नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि त्यहाँबाट रिपोर्ट लिएर विदेश जान लागेकाहरूलाई फिर्ता पठाइएको हो ।
मङ्गलवार (हिजो) सूर्या ल्याबमा छापा मार्दा नौ हजार रुपैयाँ लिएर स्वाब परीक्षण विना नै कोरोना नेगेटिभ रहेको रिपोर्ट दिने गरेको भेटिएको थियो । सूर्या ल्याबका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ भने ल्याबमा सिलबन्दी गरिएको छ ।
सूर्या ल्याबको रिपोर्टका आधारमा विदेश जान समस्या रहेको भन्दै सचेत रहन विमानस्थलले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।