सभामुख सापकाेटाविरुद्धकाे मुद्दा हेर्न नभ्याइने सूचीमा

 वैशाख ८, २०७८ बुधबार १४:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा बुधवार (आज) पनि सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिएकोमा अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दा सुनुवाइका लागि पेशी तोकिएको थियो । सापकोटाविरुद्धको मुद्दा यसअघि पनि पटक–पटक पेशीमा परे पनि हेर्न नभ्याइने सूचीमा परेको थियो ।

सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो ।

अर्जुनकी श्रीमती पूर्णिमायाले २०६९ मङ्सिर ७ गते कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतको आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटालगायत अरू ६ जना माओवादी नेता/कार्यकर्ताविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो ।  

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया