भारत : महाराष्ट्रको एक अस्पतालमा चुहावटका कारण अक्सिजन नपाएर २२ जना बिरामीकाे ज्यान गयो

 वैशाख ८, २०७८ बुधबार १६:२:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको महाराष्ट्र राज्यको नासिकमा रहेको डाक्टर जाकिर हुसैन अस्पतालमा अक्सिजन नपाएर २२ बिरामीको ज्यान गएको छ । अक्सिजन चुहावट हुँदा यो घटना भएको बीबीसीले जनाएको छ ।

नासिक नगर निगम आयुक्तले २२ जनाको ज्यान गएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार अस्पतालमा एक सय ५० जना भर्ना भएका छन् र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो । 

अक्सिजन चुहावट हुँदा अस्पतालमा अक्सिजन आपूर्ति झण्डै आधा घण्टा रोकिएको थियो । 

समाचार एजेन्सी एएनआईका अनुसार ट्याङकरको माध्यमबाट अक्सिजन भर्दै गर्दा यो घटना भएको हो ।  

नासिक नगर निगमका आयुक्त कैलाश जाधवले भन्नुभयो, ‘प्राविधिक इन्जिनियरको मदतमा चुहावट बन्द गरिएको छ । तर अब अस्पतालमा मात्र २५ प्रतिशत अक्सिजन बचेको छ । हामी यो घटनाको जाँच गर्छाैँ र दोषीमाथि कडा कारबाही गर्छाैँ ।’ 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया