पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० जनामा र आठ सय तीन जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जना गरी २३ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या दुई लाख ८९ हजार नौ सय १८ पुगेको छ ।
२४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै एक हजार ५१ जनामा सङ्क्रमण देखिएको छ । काठमाण्डौमा सात सय ८६, ललितपुरमा एक सय ८१ र भक्तपुरमा ८४ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पनि १० हजार नाघेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार पाँच सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लाे २४ घण्टामा १० जनाकाे ज्यान गएसँगै नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार एक सय १२ पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।