एमाले अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

 बैशाख ८, २०७८ बुधबार २०:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाण्डौको एक होटलमा बुधवार (आज) प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा सहमति भए/नभएकोबारे नेताहरूले केही बताएका छैनन् । 

आज भएको भेटसँगै ओली र नेपालबीच लामाे समयकाे संवादहीनताको अवस्था तोडिएको छ । गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तापछि आज ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।

भेटमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने र सकभर पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको छ । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

मङ्गलवार (हिजो) प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेपछि आज नेता नेपालले ओलीलाई भेट्नुभएको हो । नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी बनाइरहेको छ । तर पार्टी एकता जोगाउन मध्यम तहका नेताहरूले अध्यक्ष ओलीलाई सुझाव दिएका छन् ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया