त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र मलेसिया खेल्दै

 वैशाख ९, २०७८ बिहीबार ९:१०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा बिहीवार (आज) समूह चरणको अन्तिम खेल हुँदैछ । समूह चरणकाे अन्तिम खेलमा दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियासँग खेल्दै छ ।

नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघिको खेलमा मलेसियालाई नौ विकेटले हराएको नेपाल याे खेलमा पनि मलेसियालाई हराउने दाउमा छ भने मलेसिया याे खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा हुनेछ ।

बुधवार (हिजो) मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा सकिएसँगै  नेपाल र नेदरल्याण्ड्स फाइनलमा पुगेका हुन् ।  

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया