ग्लोबल आइएमई बैंकले फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदक...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष पूरा भएको छ । ७२ वर्षअघि आजकै दिन २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीलगायत नेताहरू थिए । महासचिवमा पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो ।
२०१५ सालमा भएको पहिलो आम चुनावमा कम्युनिस्ट पार्टीले चार सिट जितेको थियो । त्यसक्रममा केशरजङ्ग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेलगत्तै कम्युनिस्ट पार्टी औपचारिक रूपमा विभाजन भएको थियो । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित प्रतिक्षमा बसेको थियो । त्यसबेला तत्कालीन जनमोर्चा र अहिलेको माओवादीले नाै सिट जितेर तेस्रो दल बनेको थियो ।
नेपालका कम्युनिस्ट पार्टीहरू धेरैपटक फुट र जुटको शृङ्खलामा सामेल भएका छन् । २०७४ सालको चुनावमा गठबन्धन बनाएर चुनावमा गएका एमाले र माओवादी केन्द्र २०७५ सालको जेठ ३ गते एउटै पार्टी बनाउन सफल भए पनि अहिले फेरि अलग पार्टी बनेको छ ।
सर्वोच्चको फैसलाले एमाले र माओवादीलाई पहिलेकै अवस्थामा पुर्याइदिएकाे अहिले सत्तारुढ एमाले पनि फुटको सङ्घारमा पुगेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल समूहले छुट्टाछुट्टै छलफल र कार्यक्रमहरू गर्दै आइरहेका छन् । यसले कार्यकर्तामा भने निराशा छाएको छ । कार्यकर्ताहरु टुटफुटमा नभइ एकीकृत बन्नुपर्ने पक्षमा उभिएका छन् ।
यस्तै नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेको एकता जोगाउँदै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न कम्युनिस्ट आन्दोलनका सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू गम्भीर बन्नुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले विवेकसम्मत ढङ्गले अघि बढ्न नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
‘एकता र विभाजनको लामो शृङ्खला पार गरेको नेपालको कम्युनिस्ट आन्दोलन नेपाली समाजको लोकतान्त्रिक रूपान्तरणको अभिन्न पक्ष बन्न पुगेको छ । यो आन्दोलनले आजसम्म भोगेका कठिन मोडमध्ये आज सबैभन्दा कठिन अवस्थामा रहेको छ । नेकपा एमालेको एकता जोगाउँदै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न कम्युनिस्ट आन्दोलनका सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू गम्भीर बनौँ र विवेकसम्मत ढङ्गले अघि बढौँ’, उहाँले लेख्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Deepak Sherchan
April 22, 2021, 10:27 a.m.जय नेपाल /