ग्लोबल आइएमई बैंकले फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदक...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धकाे अभियानमा लामबद्ध हुन अपिल गर्नुभएकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले एकताबद्ध हुन आग्रह गर्नुभएकाे हाे । शुभकामना व्यक्त गर्दै प्रचण्डले मुक्तिकामी आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूमा सम्मान र घाइते योद्धाहरूमा स्वास्थ्य लाभको कामना गर्नुभएकाे छ ।
नेपाली कम्युनिस्ट आन्दोलन २००६ सालदेखि वर्ग सङ्घर्ष र वैचारिक सङ्घर्षको आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको बताउँदै उहाँले
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लेनिनको जन्म दिन पारेर स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै र खारिँदै सिङ्गो देशलाई नै समाजवादको लक्ष्यमा लामबद्ध गराउन सक्षम साबित भएको पनि बताउनुभएकाे छ ।
तत्कालीन सोभियत सङ्घलाई एकताबद्ध गर्न लेनिनले खेल्नुभएको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्ने उहाँकाे भनाइ छ ।
यस्ताे छ प्रचण्डकाे शुभकामना सन्देश–
शुभकामना
विश्व सर्वहारा वर्गका महान् नेता कमरेड भी.आई. लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेपाली मुक्तिकामी जनसमुदाय तथा विश्व सर्वहारावर्गमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा मुक्तिकामी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने महान् सहिदहरुमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुमा सम्मान र घाइते योद्धाहरुमा स्वास्थ्यलाभको कामना गर्दछु ।
नेपाली कम्युनिष्ट आन्दोलन वि.सं. २००६ सालदेखि वर्ग–संघर्ष र वैचारिक संघर्षको आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको हो । महान् लेनिनको जन्म दिन पारेर स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको हो ।
कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ । ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ ।
सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिन्छ । देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता हो ।
तत्कालिन सोभियत संघलाई एकतावद्ध गर्न महान् लेनिनले खेल्नुभएको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्दछ । पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकतावद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामवद्ध हुन हार्दिक अपील गर्दछ ।
०९ बैशाख, २०७८ (२२ अप्रिल)
.................................
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।