यूएई : परदेशमा नेपाली साहित्यकाे जगेर्ना गरेकाे भन्दै राजदूतले गरे प्रशंसा

 बैशाख ९, २०७८ बिहिबार १३:१८:१७ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – यूएईमा नेपाली साहित्यको जगेर्ना प्रयासको राजदूत कृष्णप्रसाद ढकालले प्रशंसा गर्नुभएको छ । यूएईमै रहेको सगरमाथा साहित्य प्रतिष्ठान नेपालको एक टोलीसँग दूतावासमै भएको भेटमा यूएईकाे लागि नेपाली राजदूत ढकालले प्रशंसा गर्नुभएको हो ।

परदेशमा रहेर पनि साहित्यिक गतिविधिलाई निरन्तरता दिइरहेकाे भन्दै राजदूत ढकालले यूएईमा रहेका नेपालीलाई आगामी दिनमा पनि नेपाली साहित्य, कला-संस्कृतिको विकासमा टेवा दिन अनुरोध गर्नुभयो । साथै उहाँले यूएईमा भइरहेका साहित्यिक गतिविधिलाई नियाली रहेको र यसले आफूलाई प्रभावित र खुसी पारेको पनि उल्लेख गर्नुभयो ।

नेपाली भाषा साहित्यको विकासका लागि प्रवासमा रहेका सर्जक र साहित्यिक संघसस्थाको महत्वपूर्ण भूमिका रहने भन्दै आगामी दिनहरुमा यस्ता विषयमा एकअर्कासँग सहकार्य गर्दै अगाडि बढ्नसमेत उहाँले सबैलाई आग्रह गर्नुभयाे ।

सगरमाथा साहित्य प्रतिष्ठान नेपालको तर्फबाट केन्द्रीय महासचिव डिजी शर्मा, केन्द्रीय सदस्यद्वय कृष्ण घिमिरे र राज यात्री लम्सालले संस्थाले प्रकाशन गरेको संयुक्त कविता सङ्ग्रह 'कविताहरुको सगरमाथा' उपहार स्वरुप दूतावासको पुस्तकालयलाई प्रदान गर्नुभयो ।

अन्तिम अपडेट: चैत ३, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया