ललितपुरको अल्का अस्पतालमा खोप लगाउनेको भीड : स्वास्थ्य मापदण्डको पालना भएन (फाेटाेसहित)

 बैशाख ९, २०७८ बिहिबार १३:४५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरको अल्का अस्पतालमा चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउनेको भीड लागेको छ ।

एउटा मात्र खोप केन्द्र र अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोपको पहिलो मात्रा लगाउनेको भीड लागेको हो ।

यो खोप १८ वर्षमाथिका र ५९ वर्ष ननाघेका नागरिकलाई दिइएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने अस्पताल प्रशासनले जनाएको छ ।

बिहान ५ बजेदेखि नै खोप लगाउनेको लाइन सुरु भएको थियो । खोप लगाउन दुई वटा लाइन लागेको छ । खोप लगाउनेहरुको लाइन जावलाखेल चोक र भनिमण्डल चोकसम्म पुगेको छ ।

लाइन बढ्दै गएपछि सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । लाइन धेरै भएपछि अस्पतालले आजका लागि सीमित खोप कार्ड वितरण गरेको छ ।

लाइनमा बस्नेहरु सबैले खोप लगाउने कार्ड पाएका छैनन् । बिहानै ७ बजे पानीमा भिज्दै आएको तर कार्ड नपाएको काठमाण्डौ माकलबारीका सुसेनलाल श्रेष्ठले गुनासो गर्नुभयो। लाइनमा बस्नेहरुले भौतिक दूरी समेत कायम गरेका छैनन्, कतिपयले मास्क समेत लगाएका छैनन् ।

पटक-पटक सम्झाइबुझाइ गरे पनि स्वास्थ्य मापदण्ड पालना गर्न अटेरी गरेको लाइन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया