नेपालले मलेसियालाई दियो दुई सय १८ रनको लक्ष्य,  करण केसीले बनाए १३ बलमा ४५ रन

 वैशाख ९, २०७८ बिहीबार १५:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिदेशीय ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले मलेसियालाई दुई सय १८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १७  रन बनायो ।

नेपालका करण केसीले विष्फोटक ब्याटिङ गरेका छन् । करणले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए । १८ औं ओभरमा मात्रै करणले चार छक्का प्रहार गरे । यस्तै नेपालका आशिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्रसिंह ऐरीले ३३, कुशल भुर्तेलले १६, विनोद भण्डारीले आठ र सोमपाल कामीले दुई रन बनाए ।

कुशल मल्ल १९ रनमा नटआउट रहे । नेपालले आज बनाएको दुई सय १७ रन अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटकै दोस्रो धेरै रन हो । यसअघि सन् २०१९ को साग गेममा नेपालले भुटानसँगको खेलमा बनाएको दुई सय ३६ रनको स्कोर अहिलेसम्मकै धेरै हो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया