टी-ट्वान्टी क्रिकेटमा नेपालले बनायो अहिलेसम्मकै दोस्रो ठूलो स्कोर

 बैशाख ९, २०७८ बिहिबार १५:२२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिदेशीय टी-ट्वान्टी क्रिकेट श्रृङ्खला अन्तर्गत मलेसियासँगको खेलमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताकै दोस्रो ठूलो स्कोर बनाएको छ ।

मलेसियासँगको खेलमा नेपालले सात विकेट गुमाएर दुई सय १७ रन बनायो, यो स्कोर नेपालले बनाएको सर्वाधिक दोस्रो ठूलो स्कोर हो ।

नेपालले सबैभन्दा धेरै रन भुटानसँगको खेलमा बनाएको थियो । सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा कीर्तिपुर मैदानमै भुटानसँगको खेलमा नेपालले तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो । त्यो स्कोर नै नेपालले अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा बनाएको सर्वाधिक ठूलो स्कोर हो ।

सर्वाधिक धेरै रन बनाउने क्रममा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा एक सय सात रन बनाएका थिए । मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए । बिहीवार दोस्रो ठूलो स्कोर बनाउने क्रममा नेपालले मलेसियासँगको खेलमा दुई सय १७ रन बनायो ।

नेपालका करण केसीले विष्फोटक ब्याटिङ गरे । करणले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए। 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया