रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न ग...
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ - अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको छ ।
पश्चिमका केही पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको भए पनि अरु ठाउँको मौसम भने सफा रहेको र अहिले आकाश खुलेर घाम लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज दिउँसोपछि सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।
स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।