सेतो मच्छिन्द्रनाथको रथलाई लगन टोलमा पुर्याइयाे

 वैशाख १०, २०७८ शुक्रबार ८:१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा सञ्चालन भइरहेको सेतो मच्छिन्द्रनाथको रथ यात्राको क्रममा आज रथलाई  लगन टोलमा रहेको सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा तीन पटक परिक्रमा गराइँदै छ ।

हिजो रथलाई हनुमानढोकाबाट तानेर लगन पुर्याइएको हो । यसरी लगनमा रथ पुर्याएपछि मच्छिन्द्रनाथको आमाको मन्दिरमा तीन पटक परिक्रमा गरिने चलन अनुसार आज दिउँसो परिक्रमा गराइने सेतो मच्छिन्द्रनाथका पुजारी पूर्ण रत्न बज्राचार्यले बताउनु भयोे।

भोलि मूर्तिलाई खटमा राखेर केलटोलमा रहेको मन्दिरमा फर्काएपछि यो वर्षको सेतो मच्छिन्द्रनाथको रथजात्रा सकिनेछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट रथयात्रा सुरु गरिन्छ भने रथयात्राको पहिलो दिन असन र दोश्रो दिन हनुमानढोकामा राखिने परम्परा छ ।

यसवर्ष गएको वैशाख ७ गतेबाट रथयात्रा सुरु भएको हो ।  सेतो मच्छिन्द्रनाथको विधिपूर्वक पूजाआजा गरे देशमा सहकाल आउँछ भन्ने मान्यता छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया