एमालेकाे बैठक बस्दै : खनाल-नेपाल समूहको स्पष्टीकरणबारे छलफल हुने

 वैशाख १०, २०७८ शुक्रबार ८:३४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

उज्यालोसँग कुरा गर्दै उहाँले आजको बैठकमा नेताहरुको कार्यविभाजन, स्पष्टीकरण सोधिएका नेताहरुले दिएका जवाफलगायत विषयमा छलफल हुने जानकारी दिनुभयो । यस्तै आजको बैठक वैशाख ६ गतेकै निरन्तरता भएको उहाँको भनाइ छ ।  

६ गतेको बैठकले खनाल-नेपाल समूहका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने अध्यक्ष ओलीको तयारी छ । आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल-नेपाल समूहले हिजो सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको छ । 

यस्तै केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुने बताइएको छ । 

यसैबीच आजको बैठकमा पनि खनाल-नेपाल समूहका नेताहरु सहभागी हुने सम्भावना कम छ । सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । हिजो र अस्ति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले एक्लाएक्लै भेटवार्ता गरेको भए पनि कुनै प्रगति हुन सकेको छैन । 

खनाल-नेपाल समूहले यसअघिका एकलौटी निर्णय सच्याउनुपर्ने माघ अघि सार्दै आएको छ । हिजो र अस्तिको ‘वान टू वान’ बैठकमा नेपालले पहिलेकै अवस्थामा फर्कन आग्रह गरेपछि अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पछाडि फर्कन नसक्ने बताएपछि कुरा मिल्न नसकेको हो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया