करेन्ट लागेर दुई जनाको ज्यान गयो

 वैशाख १०, २०७८ शुक्रबार १३:५३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – करेन्ट लागेर देशका फरक फरक ठाउँमा दुई जनाको ज्यान गएको छ ।

बाटो बनाउने क्रममा करेन्ट लागेर गोरखामा एक युवकको ज्यान गएको छ । गोरखा नगरपालिकामा रहेको नेपाल टेलिकमको कार्यालय नजिकै बाटो बनाउने क्रममा पश्चिम रुकुमको चौरजहारी नगरपालिका १० का ३२ वर्षीय थलबहादुर विकको ज्यान गएको हो । उहाँलाई शुक्रबार बिहान ६ बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो ढलानका लागि फलामको रड सिधा पार्ने क्रममा रडले विद्युत पोलको तारमा छुँदा उहाँलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भीर घाइते हुनुभएका विकको एपोलो अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताउनुभयो । 

यस्तै बझाङमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।  केदारस्युँ गाउँपालिका वडा नम्बर १ सडिलकी ४३ वर्षीया उजलीदेवी बोहराको घर नजिकैको बिजुलीको पोलमा प्रवाह भएको करेन्ट लागेर ज्यान गएको हो  । 
शुक्रबार बिहान खेतमा गहुँ काट्न जाने क्रममा पोलमा हात लाग्दा करेन्ट लागेर ज्यान गएको उहाँका आफन्तले बताएका छन् । बिहीबार राति परेको चट्याङले विद्युत तार अड्याउने पिन इन्सुलेटर फुटेर करेन्ट पोलमा प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङका कार्यालय प्रमुख हरेन्द्र यादवले बताउनुभयो । यो घटना भवितव्य भएका कारण मृतकका परिवारले ५ लाख रुपैयाँ राहत पाउने उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया