पार्टीमा एकताको सम्भावना क्षीण हुँदैछ : नेता नेपाल

 वैशाख १०, २०७८ शुक्रबार १४:१४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ ।

धनुषामा एमालेको खनाल–नेपाल पक्षको जिल्ला कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै दम्भका कारण एकता क्षीण हुँदै गएको आरोप समेत लगाउनुभयो । पार्टी गम्भीर सङ्कटको चरणबाट गुज्रिरहेको र सङ्कट निम्त्याउनमा पार्टी अध्यक्ष जिम्मेवार रहेको उहाँको आरोप छ ।

नेता नेपालले आफूले समाधानको बाटो अपनाउन आग्रह गरेको तर अध्यक्ष ओलीले एकता सुन्नै नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको बताउनुभयो । उहाँले २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण पनि औचित्यहीन रहेको बताउनुभयो ।

नेता नेपालले आफूहरु कुनै व्यक्ति विशेषको मुख हेरेर नभइ लोकतन्त्र र संविधानको मर्म तथा नागरिकको हित हेरेर आन्दोलनमा रहेको बताउनुभयो । पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने र आफूले त्यही प्रस्ताव गर्दा अध्यक्ष ओलीले इन्कार गर्नुभएको नेता नेपालको भनाइ छ । 
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया