यू–१९ महिला एशिया कप : नेपाल र श्रीलङ्काबीचकाे खेल नतिजाविहीन
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा नेपाल–खनाल समूहका नेता अटाएका छैनन् । वामदेव गौतमलाई भने कायमै राखिएको छ ।
स्थायी कमिटीमा अध्यक्ष ओलीसहित वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत रहनुभएको छ । नेकपा एमालेले माधवकुमार नेपालसहित २७ सांसदलाई कारबाहीको जिम्मा पनि स्थायी कमिटीलाई दिएको छ ।
एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले आजै चयन गरेको स्थायी कमिटीलाई नेपाल–खनाल समूहका २७ सांसदलाई कारबाहीका बारेमा निर्णय गर्ने जिम्मा दिएको हो । बैठकले नेपाल–खनाल समूहमा रहेका नेताहरु सच्चिएर आए एमालेमै ठाउँ दिने पनि निर्णय गरेको छ । यस्तै कर्णाली प्रदेशका चार सांसदको एमाले पार्टी सदस्यता नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।
फ्लोर क्रस गरेका प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई साधारण सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । त्यस्तै भुलवश फ्लोर क्रस गरेको स्पष्टीकरण दिएकी देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।