आईपीएलमा पञ्जाबले मुम्बईलाई ९ विकेटले हरायो

 वैशाख ११, २०७८ शनिबार ७:४३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा पञ्जाब किङ्ग्सले साविक विजेता मुम्बई इण्डियन्सलाई ९ विकेटले पराजित गरेको छ ।

गएराति भएको खेलमा मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पञ्जाबले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो । पञ्जाबको जितमा लोकेश राहुलले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै क्रिस गेलले ४३, मायाङ्क अग्रवालले २५ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । आईपीएलमा आज राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्स खेल्दै छन् ।
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया