नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ आजदेखि हुँदै

 बैशाख ११, २०७८ शनिबार १३:१६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ आजदेखि हुँदैछ । आज उद्घाटन खेलमा बेलुका साढे ५ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा काठमाण्डौ रेजर्स र ललितपुर सिटी एफसी खेल्दै छन् ।

कोरोना महामारीको कारण खेल हेर्न दर्शकलाई रंगशाला प्रवेशको अनुमति छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ सम्म चल्ने छ ।  प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले १५ लाख पाउने छन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन् । त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया