एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
हाउस अफ कार्ड्स, अमेरिकन ब्युटी र सेभेन जस्ता हलिउड फिल्महरुबाट दर्शकहरुको मन जित्न सफल ओस्कर विजेता कलाकार केभिन स्पेसी आजभोलि निकै समस्यामा छन् ।
हलिउडमा उनी एकातर्फ कैयाैं अभिनेत्रीहरुले उनीमाथि लगाएको यौन शोषणको आरोप झेल्दैछन् भने अर्कोतर्फ उनको गएको शुक्रबार रिलिज भएको फिल्म ‘बिलिअनेयर बोएज क्लब’ लाई पनि दर्शक हरुले बहिस्कार गरिदिएपछि संकटमा छन् ।
वास्तवमा गएको वर्ष मि टु अभियानका क्रममा हलिउडका कैयौं अभिनेत्रीहरुले स्पेसीमाथि यौन शोषणको आरोप लगाएका थिए ।
ती आरोपहरु लागेपछि उनको पहिलो फिल्म ‘बिलिअनेयर बोएज क्लब’ गएको शुक्रबार रिलिज भएको थियो ।
अचम्म त के छ भने अमेरिकाका व्यापार विश्लेषकहरुका अनुसार केभिनको फिल्म ‘बिलिअनेयर बोएज क्लब’को पहिलो दिनको कलेक्सन १२६ डलर अर्थात झण्डै चौध हजार नेपाली रुपैयाँ मात्रै रहेको छ ।
विदेशी वेबसाइट ग्लोबल न्युजका अनुसार अपराध कथाले भरिपूर्ण ‘बिलिअनेयर बोएज क्लब’ अमेरिका का ११ वटा सिनेमा घरहरुमा रिलिज गरिएको थियो ।
यो फिल्मको एउटा टिकटको ९ डलर कायम गरिएको थियो । टिकट सस्तो भएका सिनेमा घरसम्म दर्शक नगएपछि अहिले फिल्मका निर्माताहरु संकटमा परेका छन् ।
पिरियड ड्रामामा आधारित फिल्म ‘बिलिअनेयर बोएज क्लब’ मा केभिन स्पेसीका बाहेक एनसेल एलगोर्ट, ट्यारोन एगर्टन र बिली लर्डजस्ता दिग्गज कलाकारहरु रहेका छन् ।
फिल्मको निर्देशन जेम्स कक्सले गरेका हुन् । यो फिल्मबाट राम्रो कमाइको आशा गरिएको भएता पनिस्पेसी फिल्ममा भएका कारण फिल्मको यस्तो नराम्रो हालत भएको बताइएको छ ।
यद्यपी फिल्मको कुनै पनि प्रवद्र्धनात्मक सामग्री र कार्यक्रममा स्पेसीलाई समावेश गरिएको थिएन ।
२०१७ मा ३मि टु अभियानका क्रममा एन्थोनी र्याप जस्ता ठूला स्टारसहित हलिउडका करिब ३० अभिनेत्रीहरुले केभिन स्पेसीमाथि यौन शोषणको आरोप लगाएका थिए ।
स्पेसीलाई यौन शोषणको आरोप लाग्नुपूर्व २०१७ मा रिलिज भएको उनको फिल्म ‘बेबी ड्राइभर’ ले बक्स अफिसमा पहिलो दिन नै ५.७ मिलियन डलर कमाई गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।