अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा नेपालको अहिलेसम्मकै धेरै रन

 वैशाख ११, २०७८ शनिबार १५:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधिका लागि अहिले नेपाल र नेदरल्याण्डस् खेलिरहेका छन् । उपाधिका लागि नेपालले नेदरल्याण्डस्लाई २ सय ३९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । नेपालका कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले उच्च रन बनाएको हो । भुर्तेल ५३ बलमा ७७ रन बनाएर आउट भए । त्यस्तै कुशल मल्ल २४ बलमा ५० रन बनाउँदै नटआउट रहे । दिपेन्द्रसिंह ऐरीले १८ बलमा ४८ रन बनाएर नटआउट रहे ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आशिफ शेखले ८ बलमा १६ रन बनाएर आउट भए । नेपालले आज बनाएको दुई सय ३८ रन अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटकै धेरै रन हो । यसअघि सन् २०१९ को साग गेममा नेपालले भुटानसँगको खेलमा दुई सय ३६ रन बनाएको थियो । नेपाल लिग विजेता र नेदरल्याण्डस् उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । नेपालले नेदल्यान्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो ।

दोस्रो खेलमा भने नेपाल नेदरल्यान्डसँग तीन विकेटले पराजित भएको थियो ।
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया