नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

 बैशाख १२, २०७८ आइतबार ८:५३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

प्रतियोगितामा आज विराटनगर सिटी र धनगढी एफसी तथा पोखरा थन्डर्स र बुटवल लुम्बिनी खेल्ने छन् ।

विराटनगर सिटी र धनगढी एफसीको खेल दशरथ रंगशालामा दिउँसो साढे दुई बजे हुनेछ भने पोखरा थन्डर्स र बुटवल लुम्बिनी बेलुका साढे ५ बजे खेल्ने छन् । हिजो ललितपुर सिटीलाई १-० गोल अन्तरले हराउँदै काठमाण्डौ रेजर्सले प्रतियोगितामा विजयी सुरुवात गरेको थियाे ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउने छन् । उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया