कलाकार मदनकृष्ण श्रेष्ठकाे स्वास्थ्य सुधार हुँदै

 वैशाख १२, २०७८ आइतबार १७:१४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमण भएर अस्पताल भर्ना हुनुभएका कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । ​साेमवार (भोलि) सम्म श्रेष्ठ डिस्चार्ज हुने सम्भावना रहेको कलाकार हरिवंश आचार्यले उज्यालोलाई जानकारी दिनुभयो ।

केही दिनअघि कोरोना सङ्क्रमित हुनुभएका श्रेष्ठलाई निकै कमजोर महशुस भएपछि दुई दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उहाँका परिवारका अरू सदस्यलाई पनि कोरोना सङ्क्रमण भएको छ ।

कलाकार आचार्यका अनुसार श्रेष्ठको परिवारका अरूलाई भने अस्पताल भर्ना गर्नु परेको छैन । गएको वैशाख ६ गते श्रेष्ठसहित उहाँका परिवारका पाँच जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।   

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया