नेपाल सुपर लिगमा बुटवल लुम्बिनीले पाेखरा थन्डर्सलाई हरायाे

 बैशाख १२, २०७८ आइतबार १९:५५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग फुटबलमा आइतवार भएकाे दाेस्राे खेलमा बुटवल लुम्बिनीले पाेखरा थन्डर्सलाई हराएकाे छ । 

दशरथ रङ्गशालामा भएकाे खेलमा बुटवल लुम्बिनीले पोखरा थन्डर्सलाई दुई–शून्यले हराएको हाे । बुटवलका अर्मान्ड बेडुमले एक गोल गरे । बुटवलले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ७६ औं मिनेटमा पोखराका अजित भण्डारीले आत्मघाती गोल गरेका हुन् । 

यसअघि आइतवार नै भएकाे पहिलाे खेलमा विराटनगर सिटीले धनगढी एफसीलाई तीन–शून्यले हराएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया