विकास निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रधानमन्त्री ओलीको ...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – काेभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमण बढेसँगै काेभिड–१९ सङ्कट व्यवस्थान केन्द्र (सीसीएमसी) ले चलिरहेका सबै तहका परीक्षा राेक्न सिफारिस गरेकाे छ । आइतवार बसेकाे बैठकले परीक्षाका कारण काेराेना सङ्क्रमण झनै फैलिन सक्ने भन्दै सबै परीक्षा राेक्न सिफारिस गर्ने निर्णय गरेकाे हाे ।
यस्तै बैठकले नेपाली नागरिक बाहेक अरू देशका नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाउने भएको छ । कोरोना महामारी बढेको अवस्थालाई ध्यान दिएर नेपाली नागरिक बाहेक अरू देशका व्यक्तिलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाउनका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।
यस्तै नेपाललाई ट्रान्जिट बनाएर विदेश जानेहरूलाई पनि रोक्न सिफारिस भएको छ । यस्तै सीसीएमसीले तराईका जिल्ला वा सहरी क्षेत्रमा पाँच सय जना सक्रिय सङ्क्रमित देखिएमा या पहाडी जिल्लामा दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित भएमा सम्बन्धित स्थानीय प्रशासनले निधेषाज्ञा लगाउन सक्ने अधिकार दिन पनि सिफारिस गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।