सडक विस्तारमा अवरोध गर्ने पक्राउ

 भदौ ६, २०७५ बुधबार २०:४६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – पेप्सीकोला सानोठिमी–सल्लाघारी सडक विस्तारमा अवरोध पुर्याउने तीन जनालाई बुधबार महानगरीय प्रहरी वृत्त ठिमीले पक्राउ गरेको छ । 

पेप्सीकोला सानोठिमी–सल्लाघारी सडक विस्तार आयोजना अन्तर्गत नेपाल सरकारको रु. ४५ करोडको लागतमा उपत्यका सडक बिस्तार आयोजनाले निर्माण सुरु गरेको करिब ५ किलोमिटर लामो र २० मिटर चौडाई रहने सडक बिस्तार कार्य सानोठिमीमा अवरोध भएपछि रोकिएको छ ।

बीच–बीचमा विस्तार भइसकेको सडकको बाँकी स्थानमा स्थानीयले विरोध गरेपछि सडक विस्तार प्रभावित हुँदै आएको ठेकेदार भीम श्रेष्ठले जानकारी दिनुभयो । 
सडक बिस्तारको काम सुरु भएसँगै केही स्थानीयले विरोध गरेपछि प्रहरीले माथिको आदेश भन्दै तीन जनालाई नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा लिएकालाई आज साँझ आफन्तको जिम्मा लगाएर छाडिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया