विकास निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रधानमन्त्री ओलीको ...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय सङ्क्रमित भेटिएमा निषेधाज्ञा लगाउन सिफारिस गरेको छ ।
आइतवार बसेको सीसीएमसीकाे बैठकले यस्तो निर्णय गरेसँगै काठमाण्डौ उपत्यकासहित ९ जिल्लामा निषेधाज्ञा हुन सक्ने सङ्केत देखिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय कटिसकेको छ । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार काठमाण्डौमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय छ । त्यसपछि बाँकेमा २ हजार ३ सय ३९ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा १ हजार ३ सय १५, रुपन्देहीमा १ हजार ३ सय १३, मोरङमा पाँच सय ६१, पर्सामा ६ सय ४३, भक्तपुर र कास्कीमा ६ सय १३ तथा दाङमा ५ सय ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
सीसीएमसीले पहाडी जिल्लाहरुमा भने सक्रिय सङ्क्रमित २ सय कट्नासाथ निषेधाज्ञा लगाउन पालिकालाई अधिकार दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बिनय
April 26, 2021, 9:10 a.m.राजनितिक खिचातानि र कोरोनाको प्रकोपले देश बलत्कृत भएको छ ।