भिजिट भिसामा कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

 बैशाख १३, २०७८ सोमबार १३:३०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय भिजिट भिसामा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने क्रम बढेको छ ।

भिजिट भिसामा कम्बोडिया पठाएर क्यासिनोमा काम लगाइदिने भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले मकवानपुर भवानचुलीका आयुष मोक्तानलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनले क्यासिनोमा बोस गार्डको काम दिलाइदिन्छु भन्दै प्रलोभनमा पारेका हुन् ।

उनी काभ्रेपलान्चोक पाँचखालका प्रमेबहादुर तामाङसहित ६ जनालाई भिजिट भिसामा कम्बोडिया जान प्रति व्यक्ति साढे ६ लाख लाग्छ भनेर सबैबाट ३९ लाख रकम असुलेर फरार रहेका थिए ।

आयुष मोक्तानलाई गएको शुक्रबार पक्राउ गरी थप अनुसन्धानको लागि हिजो वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाण्डौ पठाइएको अपराध महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया