त्रिविका सबै परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित

 वैशाख १३, २०७८ सोमबार १६:५०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित गरेको छ । साेमवार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको त्रिविले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति निकाल्दै देशका विभिन्न ठाउँमा लकडाउन र निषेधाज्ञा हुने भएपछि त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक र स्नातकोत्तर तहका सञ्चालित भइरहेका र सञ्चालनको प्रक्रियामा रहेका वार्षिक तथा सेमेस्टर प्रणालीका विभिन्न परीक्षा स्थगित गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।

यसअघि आइतवार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया