काठमाण्डाै उपत्यका छाड्नेलाई दुई दिनकाे समय : सीडीओ पराजुली

 वैशाख १३, २०७८ सोमबार १७:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले निषेधाज्ञा गर्नुअघि काठमाण्डाै उपत्यका छाडेर घर जान चाहनेका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले कोभिड सङ्क्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एक हप्ता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि दुई दिनको समय दिइने बताउनुभयो ।

सोमवार काठमाण्डाै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कम्तीमा दुई दिनको समय दिएर एक हप्ताका लागि काठमाण्डाै उपत्यकामा निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको हुन् । कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि सङ्क्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्णरूपमा बन्द गराउन निषेधाज्ञा लगाउने निर्णय भएको सीडीओ पराजुलीले बताउनुभयो । 

लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भए पनि मापदण्ड पूर्णरूपमा पालना नहुँदा सङ्क्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ । त्यसैले थप भयावह स्थिति आउन नदिन निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया