पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै एक हजार नाै सय १२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काठमाण्डौमा एक हजार पाँच सय ६७ जना, ललितपुरमा दुई सय २३ जना र भक्तपुरमा एक सय २२ जना सङ्क्रमित फेला परेका हुन् ।
काठमाण्डौ उपत्यका केही दिनदेखि कोरोना सङ्क्रमणको 'हटस्पट' बनेको छ । बाक्लो बस्ती, ठूलो अर्थतन्त्र, सक्रिय जनजीवन लगायतका कारण विज्ञहरूले काठमाण्डौ उपत्यकालाई अत्यन्तै जोखिमपूर्ण ठाउँ मानेका छन् ।
त्यस्तै पछिल्लाे २४ घण्टामा देशभर तीन हजार पाँच सय ५६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।