नेपाल सुपर लिग फुटबलमा ललितपुर र चितवनको बराबरी

 बैशाख १३, २०७८ सोमबार २०:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी र चितवन एफसीले बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा साेमवार भएको खेलमा ललितपुर र चितवनले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुरका कमल श्रेष्ठले गोल गरे भने चितवनका अमित तामाङले गाेल गरे । 

पहिलो खेलमा ललितपुर काठमाण्डाै रेजर्ससँग एक–शून्यले पराजित भएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया